नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुगु, कास्की र अछाममा भएका सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।
साथै, कास्की, अछाम लगायत देशका विभिन्न भागहरुमा भएका सडक दुर्घटनाका खबरले थप मर्माहत बनाएको प्रचण्डको विज्ञप्तिमा उल्लेख छ ।
दिवंगत नागरिकहरुमा श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।










