झडपपछि तनावग्रस्त भएका स्थानीय रानीगञ्ज,मगरघाट पुल मुनिको बगर र हरिहरगञ्जमा चलाइएको सर्च अभियानमा सशस्त्र प्रहरीले झण्डै एक हजार बोतल ‘पेट्रोल बम’ र घरेलु हतियार भेट्टाएको बताइएको छ ।
गत साता रुपन्देहीको प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रमा भएको प्रहरी र सर्वसाधारणको भिडन्तमा चार जनाले ज्यान गुमाएका छन् । ७० जनाभन्दा बढी घाइते भएका छन् । ज्यान गुमाउने सबै सर्वसाधारण हुन् भने घाइतेमा झण्डै तीन दर्जनभन्दा बढी प्रहरी र डेढ दर्जन सशस्त्र प्रहरी र त्यत्तिकै संख्यामा सर्वसाधारण छन् ।










