रास्ट्रीय कमेडी च्याम्पियन भरतमणी पौडेललाई झापामा अभिनन्दन गरिएको छ । भर्खरै सम्पन्न कमेडी च्याम्पियन रियालिटी शोमा सर्वोत्कृष्ट प्रस्तुति दिएर रास्टीयस्तरको सो प्रतिस्पर्धामा उपाधी जित्न सफल ताप्लेजुङका स्थायीबासिन्दा पौडेललाई झापाको दमकमा रहेको पौडेल युवा मञ्च दमक नगर समिति र निस्कर्स न्युजले कमल ५ स्थित आखिझ्याल रेस्टुरेन्टको सभाकक्ष्यमा हिजो आयोजना गरेको कार्यक्रममा अभिनन्दन गरेका हुन । युवा मन्चका अध्यक्ष थरेन पौडेलको अध्यक्षता र सल्लाहकार सम्योजक राम पौडेल र दमकका युवा ब्यवसायी तथा लायन लिडर ज्ञाननाथ पौडेलको विशेष आतिथ्यमा भएको कार्यक्रममा उनलाई बधाई ज्ञापन गर्दै अभिनन्दन पत्र हस्तान्तरण गरिएको थियो । सो अवसरमा कमेडी च्याम्पियन पौडेलले सबैको साथ , सहयोग र हौसलाका कारण आफुले उपाधी जित्न सफल भएको भन्दै धन्यवाद व्यक्त गरे । उनले आफ्नो प्रतिभालाई निरन्तर अगाडी बढाएर कलाकारितालाई ब्यवसायिकताको बाटोमा अघि बढाउने प्रतिबद्धता जनाए । भर्खरै सम्पन्न रियालिटी सोमा उपाधी जित्दै पौडेलले नगद २५ लाख र कार हात पारेपछि सामान्य परिवारमा पनि बिशिस्ट प्रतिभाको सम्भावना हुन सक्ने उदाहरणका रुपमा लिइएको छ ।
कमेडी च्याम्पियन भरतमणीलाई अभिनन्दन
सवाल नेपाल संवाददाताआइतबार, ३१ असोज २०७८

कमेडी च्याम्पियन भरतमणीलाई अभिनन्दन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



