डोल्पा प्रदेश निर्वाचन क्षेत्र ‘ख’ बाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्य वीरबहादुर शाहीले दसैँभत्ता दलित बालबालिकालाई सहयोग गर्ने घोषणा गरेका छन्।

निर्वाचन क्षेत्रभित्रका कुनै विद्यालय छनोट गरेर दलित बालबालिकाहरू प्रदेश सरकारले दसैँखर्चबापत उपलब्ध गराएको रकम सहयोग गर्ने घोषणा गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डोल्पामा अन्य समुदायको तुलनामा दलित समुदाय गरिबी र शैक्षिक हिसाबमा पछि परेकाले थोरै भए पनि शैक्षिक सामग्री जुटाउन राहत पुगोस् भनेर सहयोग गर्ने लागेको उनको भनाइ छ ।

सांसद शाहीले अघिल्लो वर्षको दसैँभत्ता पनि मुड्केचुला– ८ स्थित दलित बालबालिका अध्ययन गर्ने एक आधारभूत विद्यालयलाई सहयोग गरेका थिए । जनताको प्रतिनिधि भएकाले जनताका सुखदुःखमा साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको उनको भनाइ छ ।