काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।
सोमबार १ बजेर ४६ मिनेट जाँदा सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार उक्त भूकम्प ४ दशमलब ७ म्याग्निच्युडको रहेको छ ।
भूकम्पको धक्का उपत्यका सहित आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।
भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन ।










