जाजरकोटमा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्।

शिवालय गाउँपालिकाबाट शिकार खेल्दै गरेको अवस्थामा चार वटा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शिवालय गाउँपालिका-६ रिसिनाका नवीन शाहीले शिकार खेल्दै गरेको देखेपछि गस्तीमा रहेको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। उनका साथबाट शिकार खेल्दै गरेको एउटा र घरमा खानतलासी गर्दा एउटा गरी दुइटा भरुवा बन्दुक फेला परेको छ। यस्तै, सोही गाउँका टेकबहादुर शाहीको घरमा खानतलासी गर्दा दुइटा भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। टेकबहादुर र नवीनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा लगिएको प्रहरीले जनाएको छ।