मोरङको केराबारीमा रहेको सिँदुरे खोलामा आइतबार एक पुरुषको शव फेला परेको छ। मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीका अनुसार केराबारी गाउँपालिका-३ रामपुरका ३५ वर्षीय इन्द्रबहादुर तामाङ मृत फेला परेका हुन्। खोलामा डुबेको अवस्थामा तामाङको शव भेटिएको प्रहरीले जनाएको छ।

उनी शनिबार दिउँसो २ बजेतिर घरबाट निस्किएका थिए। घर नफर्किएपछि परिवारका सदस्य, आफन्त र स्थानीयले खोजी गर्दा खोलामा डुबेर मृत्यु भएको अवस्थामा भोलिपल्ट शव भेटिएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय केराबारीको टोली घटनास्थलमा पुगेको छ। प्रहरीले तर्ने क्रममा खोलाले बगाएर तामाङको मृत्यु भएको हुनसक्ने जनाएको छ। एसपी जीसीले घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी दिए।