काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीशहरुले इजलास बहिष्कार गरेपछि पेशी तोकिएका मुद्दाहरुको सुनुवाइ प्रभावित भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सोमबार सर्वोच्चका न्यायाधीशहरुका लागि २१६ मुद्दाको सुनुवाइ गर्न पेशी तोकेका थिए। विवादास्पद प्रधानन्यायाधीश राणाले पेशी तोकेका न्यायाधीश इजलासमा नबसी सामूहिक छलफलमा जुटेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

न्यायाधीशहरु छलफलमा हुँदा पेशी तोकिएका मुद्दाको सुनुवाइ प्रभावित भएको हो। सेवाग्राहीहरु सुनुवाइ नभएपछि घर फर्किर्ने क्रम सुरु भएको छ।

प्रधानन्यायाधीशले बोलाएको फुल कोर्ट बहिष्कार गरेका न्यायाधीशहरुले इजलाससमेत बहिष्कार गरेका छन्। प्रधानन्यायाधीश राणासँग जोडिएको विवादलाई लिएर सर्वोच्च बार र नेपाल बार एसोसियसनका पदाधिकारी पनि भिन्दाभिन्दै छलफलमा जुटेका छन्।