कोरोना महामारीका कारण बन्द रहेको नयाँ सवारी चालक अनुमतिपत्र ९ड्राइभिङ लाइसेन्स०को आवेदन खुलेको छ । बन्द रहेको ६ महिनापछि यातायात व्ववस्था विभागले सवारी चालक अनुमति पत्रको आवेदन सोमवार रातिबाट खुलेको विभागले जनाएको छ । विभागका प्रवक्ता डा। लोकनाथ भुसालका अनुसार अब नियमित रुपमा फारम भर्न सकिने छ । अब दैनिक रुपमा कार्यालयको कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिन थालिएको प्रवक्ता भुसालले जनाए। जसअनुसार कार्यालयहरुले आफ्नो क्षमताअनुसार कोटा तोकेर आवेदन खुलाएका छन् ।
यस्तो छ नयाँ व्यवस्था
नयाँ आवेदन दिनेहरुले अब विभागले ल्याएको नयाँ अंकभार प्रणालीअनुसार परीक्षा दिनेछन् ।
लिखित परीक्षामा अब ४र४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ ।
नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ ।
नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । त्यसभित्रैबाट प्रश्न सोधिने छ ।
नयाँ व्यवस्थाअनुसार यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू हुनेछ ।
नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक९फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ ।










