सर्वोच्च अदालतमा कार्यरत ट्रेड युनियनहरुले अदालतभित्र देखिएको विकृति विसंगतिको अन्त्य गर्न प्रधानन्यायाधीश र न्यायाशीशहरुले पहल नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

मंगलबार स‌ंयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले प्रधानन्यायायाधीश र न्यायाधीशहरुले विवाद समाधानका लागि पहल गर्न नसके स्वतन्त्र न्यायपालिकाका लागि आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी दिएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अदालत भित्र देखिएका विकृति विसंगतिका सम्बन्धमा विगत केही दिन देखि प्रधानन्यायाधीश एवं न्यायाधीशहरुबीच असमझदारी भई मुद्दाको सुनुवाई नै प्रभावित भएको भन्दै विभिन्न पत्रपत्रिकामा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको पनि कर्मचारी युनियनहरुले बताएका छन् ।