ललितपुरस्थित इँटा भट्टमा कार्यरत एकजना मजदुरले पत्नीलाई मट्टितेल खन्याएर हत्या प्रयास गरेका छन्।
दुवैले मदिरा पिएपछि भएको विवादका क्रममा बिहीबार बिहान गोदावरी नगरपालिका(१३ मा बस्दै आएका राजु देसारले श्रीमती मुना देसारलाई मट्टितेल खन्याएर जिउँदै जलाउने प्रयास गरेका हुन्।
ललितपुर प्रहरी प्रवक्ता एसपी प्रज्वल महर्जनका अनुसार जलेर गम्भीर घाइते मुनाको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ।राजुलाई भने प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।










