भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको ८ लाख २० हजार रूपैयाँसहित विराटनगर १८ भेडियारीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापाको बिर्तामोड नगरपालिका ३ का ३४ वर्षीय उमेश साहलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले को२९प ८६४० नम्बरको स्कुटरमा नेपालतर्फ आउँदै गरेको साहलाई रोकेर जाँच गर्दा स्कुटरको डिक्कीबाट उक्त रकम बरामद भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले बताए ।
एक हजारको ३३५, ५ सयको ६४०, १ सयको १ हजार ६०० र ५० को १०६ थान नेपाली नोट बरामद भएको उनले बताए ।
स्रोत नखुलेको रकमसहित पक्राउ परेका साहलाई थप कारवाहीको लागि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालय सुनसरीमा बुझाइएको श्रेष्ठले सुनाए ।










