काठमाडौँ - अखिल ९क्रान्‍तिकारी०ले पेट्रोलियम पदार्थमा गरिएको मुल्‍यवृद्धि अविलम्‍ब फिर्ता लिन माग गरेको छ । शनिबार विज्ञप्‍ति जारी गर्दै कोभिड महामारीबाट प्रताडित जनतालाई राहत दिनुको सट्‍टा जनताको ढाड सेक्ने गरी गरिएको मुल्यवृद्धि फिर्ता लिन माग गरेको हो ।

मुल्यृद्धिको घोर निन्दा एवम् विरोध गर्दै फिर्ता नलिए संघर्षमा उत्रिने चेतावनीसमेत क्रान्‍तिकारी दिएको छ । मुल्यवृद्धिविरुद्ध सशक्त सङ्घर्षमा उत्रन विद्यार्थी, अभिभावक, शिक्षक, मजदुर, किसान, युवालगायत आम जनसमुदायलाई अपिल समेत गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड