सरकारले अफगानिस्तानमा बाँकी रहेका ३२ नेपाली नागरिकलाई पनि उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ । शनिबार ९आज० बिहान अफगानिस्तानमा बाँकी रहेका ३२ नेपाली नागरिकलाई पनि उद्धार गरी स्वदेश फिर्ता गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले जानकारी गराएका छन् ।
योसँगै अफगानिस्तानमा अव उद्धारका लागि कुनै पनि नेपाली नागरिक नरहेको परराष्ट्र मन्त्रालयको दाबी छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव घिमिरेले उद्धारको पर्खाईमा अफगानिस्तानमा रहेका नेपाली नागरिक अब नरहेको बताए । उनले भने, “आज ३२ जना नेपाली आउनु भएको छ । अब चाँही उद्धारको पर्खाइमा रहेका नेपालीको संख्या समाप्त भएको छ । त्यहाँ कोही नेपाली रहेको भए त्यो यूएन सिस्टमा रहनु भएको छ ।”
परराष्ट्र मन्त्रालयका अनुसार तालिवानी लडाकूले अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँ उद्धारको पर्खाइमा रहेका ९०६ नेपाली नागरिकको यस अघि नै उद्धार गरिएको थियो ।










