अफगानिस्तानबाट उद्धार भई आज थप ३२ जना नेपाली नागरिकस्वदेश फर्किएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार योसँगै हालसम्म कूल ९४० जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुगेका छन्।

आज स्वदेश फर्किएकाहरु अनौपचारिकरुपले वैदेशिक रोजगारीको लागि स्वीकृति नलिई अफगानिस्तान गई काबुलस्थित बिभिन्न स्थानहरुमा स(सानो समूहमा छरिएर रहेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरुलाई एउटै समुहमा आवद्ध गरी बस्ने खाने सुविधा सहित सुरक्षितरुपमा राख्ने प्रबन्धको समन्वयन मन्त्रालयले गरेको थियो।

अब अफगानिस्तानमा त्यहाँस्थित संयुक्त राष्ट्रसंघको नियोग तथा कार्यालयहरुमा अति आवश्यक कार्यहरुमा संलग्न केही नेपालीहरु मात्र रहेको परराष्ट्रले जनाएको छ।

संयुक्त राष्ट्रसंघका निकायहरुले अति आवश्यक मानवीय तथा विकास सम्बन्धी कार्य जारी रहने व्यहोरा जनाउदै संयुक्त राष्ट्रसंघमा कार्यरत नेपालीहरुको सुरक्षामा कुनै जोखिम भएमा सबैलाई सुरक्षितरुपमा नेपाल फिर्तिको प्रबन्ध मिलाइने बताएको छ।