धनगढी – दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको बस डडेल्धुरामा दुर्घटना हुँदा १० जना घाइते भएका छन्। आलिताल गाउँपालिका–१ स्थित घण्टेश्वर मन्दिर नजिक सडकबाट ना८ख ६१३२ नम्बरको बस करिब १०० मिटर तल खसेको प्रहरीले बताएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बसमा सवार ३२ जनामध्ये १० यात्रु घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि धनगढी ल्याइँदै छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका –६ का ४५ वर्षीय किर्मा ओड, ५० वर्षीय रम्ची ओड, दोगडाकेदार गाउँपालिका –८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार –६ का ३० वर्षीय देवदत्त जोशी, पुर्चौँडी नगरपालिका –१० का ३० वर्षीय चन्द्रबहादुर विष्ट, दोगडाकेदारकै ३५ वर्षीय प्रकाश विष्ट र केशव दत्त जोशी रहेको प्रहरीले जनाएको छ।