प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीले प्रदर्शन गरेका छन्।

नेपाल बार एसोसिएशनको अगुवाइमा आइतबार कानून व्यवसायीले प्रदर्शन गरेका हुन्। उनीहरूले आज हातमा कालोपट्टी बाँधेका छन्। कानून व्यवसायीले प्रदर्शन गरेपछि सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा गरिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बारको शुक्रबार बसेको बैठकले आजदेखि कालोपट्टी बाँधेर प्रदर्शन गर्ने निर्णय गरेको थियो। त्यही अनुसार, आज बिहान १० देखि ११ बजेसम्म कालोपट्टी बाँधेर प्रदर्शन गरिएको बारले जनाएको छ।

मन्त्रिपरिषद्‌मा भागबण्डा खोजेको भन्दै प्रधानन्यायाधीश जबराको विरोध हुँदै आएको छ। सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बारले उनको राजीनामा माग गर्दै आएका छन्।