सिरहामा महिलालाई कुटपिट गरेको अभियोगमा एक युवक समातिएका छन् । अर्नामा गाउँपालिका ४, गौरीपुरकी २२ वर्षीया महिलालाई कुटपिट गरेको अभियोगमा स्थानीय अशोक यादव हिजो राति पक्राउ परेका हुन् ।

जग्गाको बिषयमा विवाद हुँदा यादवलगायत तीन जनाले महिलालाई कुटपिट गरेका थिए । पछि यादवलाई इलाका प्रहरी कार्यालय, अर्नामाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कुटपिटबाट घाइते महिलाको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ । कुटपिटमा संलग्न तर अहिले फरार दुई जनाको भने प्रहरीले खोजी गरिरहेको बताइएको छ ।