प्रदेश १ ले तिहारअघि नै राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका छन्। सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री भीम आचार्यले राजीनामाको घोषणा गरेसँगै अब राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका हुन्।
आचार्य नेकपा एमालेका हुन् भने राई नेकपा ९एकीकृत समाजवादी०का हुन् । एमाले विभाजन भएसँगै आचार्य अल्पमतमा परेका थिए । अल्पमतमा परेपछि विश्वासको मत लिन आचार्यले प्रदेशसभामा प्रस्ताव पेस गरेका थिए।
तर, बहुमत नपुग्ने भएपछि सोमबार आचार्यले राजीनामाको घोषणा गरेका हुन् । उनले राजीनामा घोषणा गरेकाले विश्वासको प्रस्तावमाथि मतदानमा जानु नपर्ने भन्दै २३ कात्तिकसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गरिएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।
आचार्यले प्रदेश प्रमुखलाई राजीनामा बुझाउने जाने बताएका छन् । उनले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री बनाउन दलहरूमा आह्वान गर्नेछन् । यसपछि प्रदेशसभामा गठबन्धनको बहुमत रहेकाले उसले राजेन्द्र राईको नाम सिफारिस गर्नेछ ।
प्रदेशसभामा ९२ जना सांसद सासद छन् । सरकार बनाउन ४७ जना सांसद अवश्यक पर्छ । तर, एमालेको सभामुखसहित ४१ सांसद छन् । यता विपक्षी गठबन्धनमा आवद्ध दल कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा ९एकीकृत समाजवादी०का १० र जनता समाजवादीका तीन जना गरी ४९ जना सांसद छन् । जुन सरकार बनाउन बहुमत संख्या हो । यस्तै प्रदेशसभामा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक एक जना सांसद छन् ।










