सात वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा झापाको मेचीनगरबाट एक पुरूष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नम्बर ११ निवासी अन्दाजी ५५ अथवा ६० वर्षीय देवि बहादुर कुवर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कुवरले सोही स्थानमा डेरागरी बस्ने आफ्नै नातिनीकी साथी कक्षा एकमा अध्यायनरत बालिकालाई शुक्रबार साझ ४ बजे आफ्नो घरको कोठामा लगेर ललाई फकाई जवरजस्ती करणी गरेको पीडित बालिकाको आमाले बताइन् ।

पीडित बालिकाको परिवारलाई घटना बाहिर नल्याई दिन भन्दै कुवरले दश धुर जग्गा पास गरिदिने आश्वासन समेत दिएका तर आफुहरू अपराधीलाई कडा भन्दा कडा कार्वाही र पीडित छोरीको न्यायको लागि प्रहरीमा जाहेरी दिएको पनि आमाले बताइन् ।

बालिकाको परीवारले ईलाका प्रहरी कार्यालय धुलाबारीमा जबरजस्ती करणी मुद्दाको किटानी जाहेरी दिए लगत्तै कुवरलाई नियन्त्रणमा लिएर म्याद थप गरि थप अनुसन्धान सुरू गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।