काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्री स्वास्थ्य लाभ गरि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
छातीमा निमोनिया संक्रमण भएपछि उहाँलाई एकहप्ता अघि वीर अस्पताल भर्ना गरिएको थियो । एक हप्ताको वीर अस्पतालको उपचार पश्चात बुधवार डिस्चार्ज भएको मन्त्री झाँक्रीले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनुभएको छ ।
तर संक्रमणको उच्च जोखिम कायम रहेकोले चिकित्सकको सल्लाह अनुसार अझै केही दिन भेटघाट गर्न नसकिने पनि उहाँले जानकारी गराउनुभएको छ ।










