राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा आज बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्ना कान्छो भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिएकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो र मखमलीयुक्त माला लगाई कटुस, ओखर र मिठाई खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरेकी थिइन् । उनले नेपाली ढाकाटोपी लगाएर भाइलाई उपहार प्रदान गरिन् । भाइ पाण्डेले यथाशक्य दक्षिणा प्रदान गरेर राष्ट्रपतिबाट आशीर्वाद लिएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसअघि राष्ट्रपति भण्डारीले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यम यमुनाको पूजा अर्चना गरेकी थिइन् । त्यसैगरी राष्ट्रपति भण्डारीले बहिनी सुशीला पाण्डेलाई पनि टीका लगाई दुबो, मखमली, सयपत्री र गोदावरी फुलको माला लगाइदिएकी थिइन् ।

काठमाडौँ, २० कात्तिक
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार राष्ट्रपति निवास, शितल निवासमा दाई डेकेन्द्र पाण्डेलाई भाईटीका लगाइदिने क्रममा । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, २० कात्तिक
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार राष्ट्रपति निवास, शितल निवासमा दाई डेकेन्द्र पाण्डेलाई भाईटीका लगाइदिँदै । तस्बिर ः रत्न श्रेष्ठ
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार राष्ट्रपति निवास, शितल निवासमा दाई डेकेन्द्र पाण्डेलाई भाईटीका लगाइदिने क्रममा ।
काठमाडौँ, २० कात्तिक
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार राष्ट्रपति निवास, शितल निवासमा दाई डेकेन्द्र पाण्डेलाई भाईटीका लगाpg] s|ddf । तस्बिर ः रत्न श्रेष्ठ
काठमाडौँ, २० कात्तिक
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार राष्ट्रपति निवास, शितल निवासमा दाई डेकेन्द्र पाण्डेलाई भाईटीका लगाइदिने क्रममा । तस्बिर ः रत्न श्रेष्ठ