प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायालयको नेतृत्व गर्न असफल भएको भन्दै राजीनामा माग्दै पहिलो चरणको विरोध कार्यक्रम सकेको नेपाल बार एसोसिएसन दोस्रो चरणको आन्दोलनको तयारीमा रहेको छ ।
दोस्रो चरणको आन्दोलनका लागि नेपाल बारले देशभरका ९० बार इकाईका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरिरहेको छ ।
नेपाल बारका महासचिव लिलामणी पौडेलेका अनुसार आइतबार बिहानदेखि नै देशभरका बारका पदाधिकारी र प्रतिनिधिसँग छलफल भइरहेको छ । उनले दिउँसो १ बजेसम्म १५ इकाईले सुझाव राखिसकेको जानकारी दिए । ुनेपाल बारका इकाईका पदाधिकारी र प्रतिनिधिले आन्दोलनमा ऐक्यबद्धता व्यक्त गर्नुभएको छ । उहाँहरूले थप आन्दोलन कसरी गर्ने भनेर सुझाव पनि राख्नुभएको छ,ु उनले भने ।
नेपाल बारका ९० वटा इकाईसँग नै छलफलपछि बैठक बसेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने पौडेलले बताए ।
नेपाल बार इकाईका पदाधिकारी र प्रतिनिधिले जुममार्फत केन्द्रीय पदाधिकारीसँग छलफल गरिरहेका छन् ।










