सल्यानको खारखोलामा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । भाइटीका कसेर फर्किँदै गरेकाहरु सवार रहेको बस दुर्घटनामा परेको हो ।
मृतक ११ जनामध्ये आठको शव जिल्ला अस्पताल सल्यानमा छ । मृत्यु हुनेमध्ये धेरै महिला छन् । मृतकमध्ये कम्तीमा ८ जना महिला छन् । सल्यानका प्रहरी प्रमुख डिएसपी गोबिन्दबहादुर थापाले बसमा अधिकांश भाइटीका सकेर फर्कँदै गरेका यात्रु थिए।
ना २ ख २५५२ नम्बरको बस दुर्घटनामा परेको हो। उक्त बस सल्यानको दुलधाराबाट पोखरा, खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै थियो। गन्तव्यमा नपुग्दै आइतबार सल्यानको कपुरकोटनेर दुर्घटना भएको प्रहरी प्रमुख थापाले जानकारी दिए।
यसैबिच दुर्घटनामा घाइते भएका मध्ये तीनजनालाई उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको छ । पहिलो लटमा तीनजनालाइ हेलिकप्टर मार्फत काठमाडौँ पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागार्इँले जानकारी दिएकी छन् ।










