काठमाडौँ – चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई १० वटा भेन्टिलेटर, एक सय थान अक्सिजन कन्सन्ट्रेटर र ३ लाख डोज भेरोसेल खोप प्रदान गरेको छ। जङ्गी अड्डामा सोमबार आयोजित एक कार्यक्रमबीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई उक्त सामग्री हस्तान्तरण गरेकी हुन्।

स्वास्थ्य सामग्री ग्रहण गर्दै प्रधानसेनापति शर्माले चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद दिएका छन्। भेरोसेल कोरोनाविरुद्ध चीनले उत्पादन गरेको खोप हो। यसअघि चीन सरकारले पनि पटकपटक यो खोप नेपाल सरकारलाई अनुदानस्वरुप प्रदान गर्दै आएको छ।