वीरगञ्ज, २४ कात्तिक । पूर्व युवराज्ञी हिमानी शाह छठ मनाउन वीरगञ्जको प्रसिद्ध घडिअर्वा पोखरीको छठ घाट पुगेकी छन् । उनी बुधबार अपरान्ह काठमाडौंबाट जहाजमा सिमरा उत्रिएर त्यहाँबाट वीरगञ्ज पुगेकी हुन् ।
उनी त्यहाँ छठको साँझको अर्घ्यमा सहभागी भएकी छन् । समाजिक काममा सक्रिय हिमानी छठ पर्वमा पूजा गर्न उपत्यकादेखि समयमा तराई–मधेसका घाटमा समेत पुगिरहेकी छन् ।
हिमानीलाई वीरगञ्जमा बारा र पर्सास्थित राजावादीहरुले स्वागत गरे। साह पुग्नु पहिले घडिअर्वा हेलिकोप्टरबाट पुष्पवृष्टि पनि गरिएको छ । शाहले बिहीबार बिहान प्रसिद्ध माइस्थान मन्दिर दर्शन गरेपछि काठमाडौं फर्किने तयारी गरेकी छन् ।










