धनुषामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । शहिदनगर नगरपालिका(४ ननुपटी बस्ने २७ वर्षीय बिजय मुखियालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मुखिया र सोही ठाउँ बस्ने २८ वर्षीय संजय साह समेतले ती किशोरीलाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले मुखियालाई पक्राउ गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हाल फरार साहको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।