नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । रक्तचाप बढेपछि उनलाई ललितपुरमा रहेको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

छोरी गंगा दाहालका अनुसार धपेडी र चापका कारण सामान्य रक्तचाप बढेको अनुमान छ । अहिले अवस्था सामान्य रहेको र चिकित्सकको सल्लाहअनुसार अस्पतालबाट डिस्चार्ज गरिने उनले जनाएकी छन् ।