आइतबार बिहान रोल्पामा जिप दुर्घटना हुँदा तीन यात्रुको ज्यान गएको छ । तीन जना घाइते छन् ।

प्रहरीका अनुसार बिहान ११ बजेतिर घर्तीगाउँ नजिकैको सडकबाट जिप करिब ३ सय मिटरमुनि खसेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

माडी गाउँपालिका–६ हान्निङदेखि गाउँपालिकाको केन्द्र घर्तीगाउतिर जाँदै गरेको रा १ ज ३८२ नम्बरको जिप सडकमुनि खसेको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए । उनका अनुसार मृत्यु हुनेहरुमा दुई जना पुरुष र एक जना महिला छन् । उनीहरुको सनाखत हुन बाँकी छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ सुवेदीले बताए ।

उक्त क्षेत्रमा केही महिनाअघि एम्बुलेन्स दुर्घटना भएको थियो । उक्त घटनामा चालकको मृत्यु भएको थियो ।