सर्वोच्च अदालत परिसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्ध आन्दोलनमा उत्रिएका न्यायाधीशहरुको मत विभाजित भइरहेको छ।

सर्वोच्चको स्रोतका अनुसार अधिकांश न्यायाधीशहरु न्यायालय अवरुद्ध हुँदा नकारात्मक असर परेको भन्दै काममा फर्कन तयार भएको बताइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्रोतका अनुसार आजबाटै गोलाप्रथा विधिबाट पेशी तोक्ने नियमावली स्वीकृत गरी काममा फर्किन तयार भएका छन्। एक न्यायाधीशका अनुसार पाँचजनाबाहेक अन्य न्यायाधीशहरुले काममा फर्किने प्रतिवद्धता जनाएका छन्।

उनका अनुसार न्यायाधीश हरिकृष्ण कार्की, दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र मीरा खड्काबाहेक अन्य काममा फर्किने भएका छन्।

प्रतिक्रिया दिनुहोस्