काठमाडौं - त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दु्ईतोला सुनसहित दुईजना पक्राउ परेका छन्। विमानस्थलको पार्किङस्थलबाट दुई केजी सुनसहित दुईजना पक्राउ परेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले अन्नपूर्णलाई जानकारी दिए।

पक्राउ पर्नेमा दाङका सीताराम चौधरी र सिराहाका सरोज सहनी हुन्। त्रिभुवन विमानस्थलको सुरक्षा टोली र अपराध महाशाखाको टोलीले शुक्रबार सुन बरामद गरेको हो । एसएसपी बास्तोलाका अनुसार उनीहरु आज बिहान नेपाल एयरलाइन्स ९.४५ को विमानबाट दुर्वइबाट काठमाडौं आएका हुन् । बरामद भएको सुन लेदो अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। परीक्षणका लागि भन्सार विभाग पठाइएको प्रहरीले जनाएको छ। उनीहरुले सुन भित्री कपडामा गोजी बनाएर सेतो पोलीथिनमा बेरेर लेदो बनाएर ल्याएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै सोही विमानबाट आएका व्यक्तिबाट १५० ग्राम सुन लिँदै गरेको अवस्थामा कन्चनपुरका धर्मबहादुर सुनार र खोटाङका हरीप्रसाद गिरी पनि प्रक्राउ परेका छन् । उनीहरुबाट ५० ग्रामका दरले तीनवटा सुनका बाला बरामद गरिएको प्रहरीले जनाएको छ।