भक्तपुरको सल्लाघारीमा रहेको दुवाल आर्ट एण्ड हेन्डिक्राफ्ट उद्योगबाट ढलौटको करुवा बनाउने कच्चा पदार्थ र बन्दै गरेको ढलौटको सामानहरु २०७८ मंसिर १ गते चोरी भएको थियो ।

महानगरिय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले अनुसन्धान गर्दै जाँदा २०७८ मंसिर ०२ गते राजु गिरी र बैंकटस गिरी समेत २ जनाले चोरी गरी काठमाण्डौ वडा नं।९ सिनामंगल स्थित मुन्ना साहले संचालन गर्दै आएको बवाडी पसलमा बेचबिखन गरेको खुल्न आएको परिसरले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नारद साहले उक्त चोरीको सामान बेचबिखन गर्न मुन्ना साहको सहयोगीको रुपमा काम गरिरहेको पनि अनुसन्धानको क्रममा खुल्न आएको हुँदा चोरी गरी लगेको ढलौटको करुवा समेत बरामद गरी चोरी गर्ने र चोरीको सामन किन्ने समेत ४ जनालाई पक्राउ गरि २०७८ मंसिर ०३ गते भक्तपुर जिल्ला अदालतमा चोरी मुद्धामा पेश गरी ५ दिनको म्याद थप गरि थप अनुसन्धान भइ रहेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पक्राउ परेका चारी गर्ने ब्यक्तिहरु काठमाडौँ महानगरपालिका वडा नं।९ सिनामंगल बस्ने बर्ष १८ को राजु गिरी, ऐ।ऐ।घर भई ऐ।ऐ। बस्ने बर्ष १८को बैंकटेस गिरी र चोरीको सामान किन्ने भारतको मोतिहारी घर भई हाल काठमाडौँ वडा नं। ३२ बानेश्वर बस्ने बर्ष ३०को मुन्ना साह, ऐऐ घर भई ऐऐ बस्ने बर्ष ३५को नारद साह हुन् ।

उनीहरुबाट बरामद भएका सामानहरु ढलौटको करुवा, ढलौटको कच्चा पदार्थ सहित करिव २००किलो बराबरको सामान बरामद भएको परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी दिपक गिरीले बताउँनु भयो ।