बझाङको बुङगल नगरपालिका-५ मा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । १२ वर्षीय वीरे कुँवरको करेन्ट लागेर शनिवार साँझ मृत्यु भएको हो ।

सोही ठाउँस्थित छोटेबगरमा खेल्ने क्रममा विद्युतको पोलमा चढ्न खोज्दा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र देउरा बझाङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।