संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज ४० भन्दा बढी सह-सचिवहरूको सरुवा गर्दैछ ।

उप-सचिवबाट बढुवा भएका १८ जना सह-सचिवको पदस्थापनसहित २२ भन्दा बढी पुराना सह-सचिवको सरुवा हुने भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले त्यसको पुष्टि गरेका छन् ।

'आज साँझसम्म ४० जना भन्दा बढी सह-सचिवहरूको सरुवा हुँदैछ,' प्रवक्ता अधिकारीले भने ।