कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

बिहीबार दिउँसो पूर्व(पश्चिम राजर्माग अन्तर्गत कैलालीको लम्कीमा ना २ ख ९३७० नम्बरको ट्रकले टिकापुरकी एक महिलालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीका अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिका(२ की ४० वर्षीया गोमा थापा छन्।

घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमाथि आगजनी र तोडफोड गरेका छन्।

ट्रकमा आगजनी गर्न खोजेपछि स्थानीयलाई रोक्न प्रहरीले अश्रुग्याँस र केही राउण्ड हवाई फायरसमेत गरेको थियो।

अहिले स्थानीयले बजार बन्द गराउनुका साथै राजमार्ग अवरूद्ध पारेका छन्।

लम्कीको अवस्था तनावग्रस्त भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।