चितवन — नेकपा एमालेको दसौं महाधिवशेनका कारण पूर्व(पश्चिम राजमार्ग अवरुद्ध भएको छ । विभिन्न ठाउँबाट र्याली निस्किएका कारण राजमार्गको यातायात अस्तव्यस्त भएको छ ।
करिब एक घण्टादेखि एम्बुलेन्ससमेत जाममा फसेका छन् । नारायणगढस्थित पुल्चोकमा अहिले पनि ७ वटा एम्बुलेन्स जाममा फसिरहेका छन् । र्यालीका कारण एम्बुलेन्सलाई बाटो खुलाउन नसकिएको चितवन ट्राफिक प्रहरीले जनाएको छ ।










