केपी शर्मा ओलीलाई सर्वसम्मत रुपमा एमाले अध्यक्ष बनाउनुपर्ने मागसहित सौराहमा प्रदर्शन तथा नाराबाजी भएको छ।

नेकपा एमालेको १० औँ महाधिवेशनको बन्दसत्र हुने सौराहस्थित सेभेन स्टार होटल क्षेत्रमा ओली समर्थक महाधिवेशन प्रतिनिधिहरुले नाराबाजी गरेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरुले ओलीलाई सर्वसम्मत रुपमा एमाले अध्यक्ष बनाउनुपर्ने माग गरेका छन्। अध्यक्षमा ओलीविरुद्ध नेता भीम रावलले उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले आफू कुनै पनि हालतमा पछि नहट्ने अडान लिँदै आएका छन्। ओलीका समर्थकहरुले भने सर्वसम्मत रुपमा उनलाई अध्यक्ष बनाउनुपर्ने भन्दै शनिबार नाराबाजी गरेका हुन्।

आकांक्षीहरुलाई भाग पु¥याउन भन्दै एमालेले विधान संशोधन गरेर पदाधिकारीको संख्या थप गरे पनि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा महासचिवमा सहमति जुट्न सकेको छैन।