काठमाडौँ । कोरोनाभाइरस संक्रमणपछि बलम्बुस्थित एपीएफ अस्पतालमा भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामा कोभिड निमोनिया देखा देखिएको छ । अहिले उनको अवस्था स्थिर रहेको अस्पतालले बताएको छ ।

आइतबार प्रधानन्यायाधीश जबराका एक जना पारिवारिक सदस्यलाई संक्रमण देखिएको थियो। कन्ट्याक्ट ट्रेसिङमा परेका जबराले सोमबार स्वाब परीक्षण गराएका थिए। त्यसको केही घण्टामा उनको रिपोर्ट पोजिटिभ आएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अस्पतालका डाक्टर प्रविण नेपालले जबरालाई कोभिड निमोनिया देखिएको पुष्टि गरे । ‘उहाँको अवस्था स्थिर छ । उहाँलाई हिजो भर्ना गरेका हौं’ उनले भने । स्वास्थ्यमा असहजता देखा परेपछि प्रधानन्यायधीश जबरा केही दिन देखि बालुवाटारमा रहेको निवासमा बसिरहेका थिए। उनका परिवार स्रोतले पनि जबरालाई निमोनिया देखिएको र अहिले अवस्था स्थिर रहेको नेपाल प्रेसलाई बताए ।