नेकपा एमालेको महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ।

यो समाचार तयार पार्दासम्म पार्टी अध्यक्ष केपी ओलीले ठूलो अन्तरले अग्रता कायम गरेका छन्। निर्वाचन आयोगका एक सदस्यका अनुसार डा. भीम रावलले ५१ मत ल्याउँदा ओलीले चार सय ७४ मत ल्याएका छन्।