काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीले भारी मतले अग्रता लिएका छन् । विद्युतीय भोटिङ मेसिनबाट भइरहेको मतगणनामा प्रतिस्पर्धी भीम रावललाई ठूलो मतान्तरले पछि पार्दै ओली विजयनिकट पुगेका हुन् ।

ओलीले ५ सय मत कटाउँदा रावले एक सय मतभन्दा तलै छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बाले अहिले सबै पदको गणना भइरहेको र साढे ३ बजेसम्म एकैपटक सबै नतिजा सार्वजनिक गरिने बताए । नवनिर्वाचित सदस्यहरूको सपथग्रहण ४ बजे तोकिएको छ ।