कपिलवस्तु – सवारी दुर्घटनामा बालिका मृत्युको विषयलाई लिएर प्रहरी र स्थानीयबीच झडप हुँदा नौ जना सुरक्षाकर्मी घाइते भएका छन्। यशोधरा गाउँपालिका ६ सुठौली कार्यालय नजिकै लु ३ त ७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा १२ वर्षीय बालिका सुमन यादवको मृत्यु भएको थियो।

मृत्युको विषयलाई लिएर सवारीसाधन तोडफोड गर्न खोजेका स्थानीयवासी र प्रहरीबीच झडप भएको हो। स्थितिलाई नियन्त्रणमा ल्याउन प्रहरीले पाँच राउण्ड र सशस्त्र प्रहरीले ६ राउण्ड अश्रु ग्यास फायर गरेका थिए। झडपमा परी प्रहरी निरीक्षक विजय सिंह, प्रहरी सहायक निरीक्षक पराग यादव, प्रहरी हवलदार कैलाशकोटी चौधरी, प्रहरी जवान भुवन घर्ती, बालगोविन्द कुर्मी, अनिल थारु, राजकुमार तेली, विवेक खत्री र कमल थापा घाइते भएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अश्रु ग्यास प्रहारपछि प्रहरीले भिड नियन्त्रणमा लिएको थियो। अहिले अवस्था सामान्य रहेको छ। (न्युज कारखाना