नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन्। चितवनको सोराहमा भएको १० औं महाधिवेशनमा आज बिहानदेखि अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको थियो।
मतपरिणाम अनुसार ओलीले भीम रावललाई पछि पार्दै दोस्रोपटक अध्यक्ष पदमा निर्वाचित भएका हुन्। ओली विजयी भएको ओपचारिक घोषण भने गरिएको छैन। हाल सेभनस्टारमा बन्द सत्र भइरहेको र त्यहाँ ओली आएपछि मतपरिणाम घोषणा हुने बताइएको छ।
बन्दसत्रमा पदाधिकारी सहित ३०१ जना निर्वाचित केन्द्रिय कमिटीको सूची समेत घोषणा हुने बताइएको छ।
ओलीले रावललाई सहमतिमा ल्याउन प्रयास गरेपनि रावलले आफू हार्ने थाहा हुँदाहुँदै पनि निर्वाचनमा लडने बताएका थिए।










