त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट एकै दिन २१ केजी सुन पक्राउ परेको छ । विदेशबाट फर्किने नेपालीहरुबाट एकैदिन २१ किलो सुन पक्राउ गरेको हो । सोमबार त्रिभुवन अन्तराष्ट्रिय भन्सार कार्यालयले विदेशबाट फर्केका ४ सय १५ जनाबाट उक्त परिमाणको सुन पक्राउ गरेको भन्सार विभागले जनाएको छ ।

नेपाली बजारमा हाल प्रति तोला सुन ९१ हजार ९ सय रहेको छ । उक्त मूल्य अनुसार २१ किलो सुनको मूल्य करिब १७ करोड २१ लाख रुपैयाँ हुने देखिन्छ । सामान्य रुपमा यो परिमाणको सुनको कर करिब २ करोड रुपैयाँ तिर्न पर्ने हुन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्रिवी भन्सारका प्रमुख महेश भट्टराईका अनुसार अधिकांशले बाला बनाएर सुन लगाएर आएका थिए उनीहरुलाई सामान्य अनुसन्धान गरेर छाडेको बताए । विदेशबाट आउने सोधा नेपालीलाई बोकाएर एकैदिन २१ किलो सुन बरामद भएपछि भने भन्सारको चेकिङमा कडाइ गरेको उनले बताए ।