सर्वोच्च अदादतमा आजका लागि १२ इजलासमा १३८ मुद्दाको पेसी तोकिएको छ। सर्वोच्चमा आजका लागि २ एकल र १० संयुक्त इजलासमा सबैखाले मुद्दाको पेसी तोकिएको सर्वोच्चले जनाएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा कोरोना संक्रमण देखिएर अस्पताल भर्ना भएका थिए। जबराले अदालतमा उपस्थित हुन असमर्थ रहेको समयमा पनि नसकेर कायममुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी नतोकपछि पेसी तोक्नेबारे विवाद देखिएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जबरा आज सशस्त्र प्रहरी अस्पतालबाट डिस्चार्ज भएका छन्। मंसिर १५ बाट सर्वोच्चमा गोलाप्रणालीमार्फत पेसी तोक्ने गरिएको छ।