सशस्त्र प्रहरी बलले एक नेपाली महिलालाई भारतबाट उद्वार गरी आफन्तलाई बुझाएको छ । मधुवन नगरपालिका-९ का तीनजना पुरुषको साथमा भारत पुगेकी ती महिलालाई एसएसबीले बेचिएको आशंकामा उद्वार गरी नेपाल पठाएको हो ।

भारतको उत्तर प्रदेश राज्य बहराइचको निशानगाढास्थित एसएसबीले चेकजाँच गर्दा मानव बेचबिखनको आशंकामा महिलालाई भारत पुर्‍याउने तीनजना पुरुषलाई भने पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एसएसबीले मधुवन नगरपालिका धर्मवस्तीस्थित विओपीमा जानकारी दिएपछि सशस्त्र प्रहरी नायव निरीक्षक चित्रबहादुर पुनको कमाण्डमा खटिएको टोलीले चारैजनालाई आफन्तको जिम्मा लगाएको छ ।

उद्वार गरिएकी गुलरिया-१ का ३६ वर्षीय महिलासहित सोही ठाउँका २७, ३० र ३० वर्षका पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । उद्वार तथा पक्राउ परेका सबैलाई उनका आफन्त समक्ष बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले बताए ।