सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबारको पहिलो खेलमा संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लब बराबरीमा रोकिएका छन् ।

उनीहरूले त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा २-२ को बराबरी खेलेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खेलको ३१औं मिनेटमा लक्ष्मण रूचालको फ्रिकिकमा निरज बस्नेतले हेडमार्फत गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए ।

संकटाको त्यो अग्रता लामो समयसम्म टिक्न भने सकेन । ३५ औं मिनेटमा दयानन्द सिंहले मनाङलाई १-१ को बराबरीमा ल्याए ।

७०औं मिनेटमा फोडे फोफनाको क्रसमा उत्तम राईले हेडमार्फत गोल गर्दै संकटालाई २-१ को अग्रता दिलाए ।

दोस्रो हाफको थप गरिएको समयमा फ्रान्कलिन टालाले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए ।

यो नतिजासँगै मनाङले २ खेलममा ७ अंक जोड्दा संकटाको ५ अंक छ ।