आन्द्रामा पलाएको ट्युमरका कारण प्रख्यात फुटबलर पेले फेरी अस्पताल भर्ना भएका छन्। गत सेप्टेम्बरमा उक्त ट्युमर हटाइए पनि चिकित्सकले केमियोथेरापी गर्नुपर्ने बताएका थिए। साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचाररत ८१ वर्षीय पेलेको स्वास्थ्य अवस्था स्थिर रहेको र उनी केही दिनमै डिस्चार्ज हुने स्वास्थ्य अधिकारीलाई उदृत गर्दै बिबिसीले जनाएको छ। अस्पतालले उपचारकै निरन्तरताका रुपमा पेले भर्ना भएको जनाएको छ। गत सेप्टेम्बरमा अस्पतालबाट डिस्चार्ज भएलगत्तै पेलेले आफू दिनप्रति दिन आराम महसुस गरिरहेको सामाजिक सन्जालमार्फत उल्लेख गरेका थिए। गत अगष्ट ३१ यता पेलेले निरन्तर उपचार गराइरहेका छन्। पछिल्ला वर्षहरुमा पेलेको स्वास्थ्य अवस्था जीर्ण देखिन्छ। उनले सन् २०१५ मा प्रोस्टेट सर्जरी गराएका थिए। २०१९ मा उनमा युरिन सम्बन्धी संक्रमण देखिएको थियो। तीनपटक विश्वकप जितेका पेले ब्राजिलका लागि सर्वकालीन सर्वाधिक गोलकर्ता हुन्। उनले ९२ खेलमा ७७ अन्तर्राष्ट्रिय गोल गरेका छन्। चारवटा विश्वकपमा गोल गर्ने विश्वका चार खेलाडीमध्ये पेले पनि एक हुन्।
कस्तो छ पेलेलाई?
सवालनेपालसंवाददाताबिहीबार, २३ मङ्सिर २०७८

कस्तो छ पेलेलाई?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास

यो पनि पढ्नुहोस् »
नेपालले युएईलाई दियो २०१ रनको चुनौती
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
नेपालले युएईलाई दियो २०१ रनको चुनौती
शनिबार, १२ वैशाख २०८३
भारतसँग खेल्न पाकिस्तान तयार, कसरी भयो सहमति ?
मंगलबार, २८ माघ २०८२
टप टी-२० सिरिज : पाकिस्तानसँग भिड्दै नेपाल
शुक्रबार, ६ भदौ २०८२
अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता — आज गौरीगञ्ज गाउँपालिका र कनकाई नगरपालिका भिड्ने
सोमबार, १५ माघ २०८१



