एसेज शृंखलाअन्तर्गत पहिलो टेस्टको पहिलो दिन घरेलु टोली इंग्ल्यान्ड १ सय ४७ रनमा अलआउट भएको छ । प्याट कमिन्सले कप्तानका रूपमा सानदार सुरुआत गर्दै ५ विकेट लिए । इंग्लिस कप्तान जो रुटले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । त्यसपछि अस्ट्रेलियाका तीन तीव्र गतिका बलर कमिन्स, मिचेल स्टार्क र जोस हेजलउडले गावामा इंग्ल्यान्डलाई ५०.१ ओभरमै समेटेका थिए । टिम पेनलाई प्रतिस्थापन गरी टेस्ट कप्तानको जिम्मेबारी लिएका कमिन्सले पहिलो खेलमै ५–३८ को सानदार प्रदर्शन गरे । स्टार्कको २–३५ र हेजलउडको २–४२ को प्रदर्शन थियो । इंग्ल्यान्डका सबै ब्याटर घाँसे पिटमा बाउन्स र गति अनुकूल हुन असफल रहे । इंग्ल्यान्डका ओपनर हसिब हमिद (२५), ओलि पोप (३५), जस बटलर (३९) र क्रिस वोक्स (२१) ले मात्र दोहोरो अंकमा रन छुन सके ।
पहिलो दिनै इंग्ल्यान्ड अलआउट
सवालनेपालसंवाददाताबिहीबार, २३ मङ्सिर २०७८

पहिलो दिनै इंग्ल्यान्ड अलआउट
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:##खेलकुद

« यो पनि पढ्नुहोस्
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास

यो पनि पढ्नुहोस् »
नेपालले युएईलाई दियो २०१ रनको चुनौती
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
नेपालले युएईलाई दियो २०१ रनको चुनौती
शनिबार, १२ वैशाख २०८३
भारतसँग खेल्न पाकिस्तान तयार, कसरी भयो सहमति ?
मंगलबार, २८ माघ २०८२
टप टी-२० सिरिज : पाकिस्तानसँग भिड्दै नेपाल
शुक्रबार, ६ भदौ २०८२
अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता — आज गौरीगञ्ज गाउँपालिका र कनकाई नगरपालिका भिड्ने
सोमबार, १५ माघ २०८१



