नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि जागिर खुलाएको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दैै अधिकृत, सहायक निर्देशक, वाणिज्य सहायक, अधिकृत तृतिय लगायत विभिन्न पदहरुका लागि ८३ जना कर्मचारी माग गरेको हो। बैंकले सहायक निर्देशक अर्थात अधिकृत तृतीय तहमा ४५ जना, सहायक निर्देशक अधिकृत तृतीय लेखाका लागि ६ जना, बाणिज्य कानुनमा सहायक निर्देशक २ जना, सहायक निर्देशक सूचना प्रविधिमा ५ जना, सहायक तह प्रशासनमा २५ जना कर्मचारी माग गरेको छ । निर्देशक तहका लागि स्नातकोत्तर, प्रशासन, प्रविधिका लागि बिषयगत अध्ययन माग गरिएको छ । यसैगरी अर्थशास्त्र, ब्यवस्थापन, जनप्रशासन, कानुन पढेको तथा सहायक कर्मचारीलाई प्लस टु उत्तिर्ण गरेको हुनुपर्ने छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरीकले पुस १५ गते तथा दोब्बर दस्तुर तिरेर पुस २२ गते भित्र दरखास्त दिन सकिन्छ। आवेदन फारम राष्ट्र बैंकको वेभसाइटबाट भर्न सकिने बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले माग्यो ८३ जना कर्मचारी
सवालनेपालसंवाददाताशुक्रबार, २४ मङ्सिर २०७८

नेपाल राष्ट्र बैंकले माग्यो ८३ जना कर्मचारी
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:##रोजगार

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



