रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘कबड्डी ४’को टिजर सार्वजनिक भएको छ । चलचित्रको टिजरसँगै यसको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । यो चलचित्र २०७९ सालको वैशाख २३ गतेबाट रिलिज हुने टिजरमा उल्लेख गरिएको छ ।

बाँसुरी फिल्मस्को प्रस्तुतिमा तयार भएको यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ ।

यो चलचित्रको टिजरमा दयाहाङ राई र मिरुना मगरको प्रेममा सौगात मल्लको प्रवेशलाई रोचक तरिकाले प्रस्तुत गरिएको छ ।

‘कबड्डी’का अघिल्ला तीनवटा सिरिज ब्लकबस्टर भएका थिए । चलचित्रमा विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेलको लगानी छ ।